


विजय रावत,
जुम्ला । जुम्लाको तिला गाउँपालिका – १ मा रहेको रारा गाउँमा चार करोड लागतमा खानेपानी आयोजना निर्माणहुने भएको छ । गत आर्थिक वर्ष २०८०।८१ मा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकोमा चार करोडमा निर्माण कम्पनी शिवदेउती,सुलोचना,बजु जेभीसंग तीन वर्षभित्र खानेपानी गाउँमा पु¥याउने गरी सम्झौता भएको छ । पहिलो चरणको खरिद सामाग्रीको काम सुरु भएको गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
गाउँमा तीन वर्षभित्र खानेपानी पु¥याउने गरी संघीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन जम्मा बजेट चार करोड ६९ लाखमध्ये गतवर्ष पचास लाख र यो वर्ष १ करोड ५० लाख क्रमागत रकम पालिकामा आएको छ । ९५ लाख गैरसरकारी संस्था यूएनडीपीको लगानी रहेको छ । सो खानेपानीको लागि १ करोड १० लाख पालिकाले बजेट विनियोजन गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।
खानेपानी आयोजना निर्माण सम्पन्न भए यहाँका करिब दुई सय ६० घरधुरी लाभान्वित हुने भएकाछन् । निर्माण कम्पनीलाई गाउँमा तीन वर्षभित्र खानेपानी पुग्नेगरी काम गर्ने परिपत्र गरिएको छ । योजनाको अनुगमनलाई विशेष प्रथामिकतामा राखेर काम गर्ने पालिकाका लागि परेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।
तिला–६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर टाढा रहेको छ । यो आयोजनामा गत वर्षदेखी कामको सूरुवात भएको छ । वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघी बढेको वडाध्यक्ष जंतबहादुर बस्नेतले जानकारी दिनुभयो । गाउँमा खानेपानिको सुविधा विस्तार भएपछि रारा गाउँका करिब सात सय घरपरिवारमा खानेपानीको पहुँचमा पुग्ने वडाध्यक्ष बस्नेतको भनाइ छ । गाउँमा पर्याप्त र सुरक्षित खानेपानी पु¥याउनका लागि गाउँपालिकाले खानीपानी निर्माण आयोजनाको काम अघि बढेकोमा गाउँका स्थानीयवासिमा खुसी छाएको छ । गाउँमा अहिले चरम खानेपानीको समस्या रहेको छ । एक दिन धारोमा पानी नआउँदा तिला नदीको पानी खाना रारावासी बाध्यछन् । वि.स.२०३४ सालमा निर्माण भएको खानेपानी आयोजना बाट अहिले गाउँमा पाँचवटा धाराबाट प्रतिदिन चार घण्टा मात्र पानी आउने गरेको छ ।
खानेपानीको राम्रोसंग सुविधा नहुँदा यहाँका स्थानीयवासिलाई निकै सास्ती भएको तिला– १ का स्थानीयवासि कोलबहादुर रावतका भनाइ छ । गाउँमा खानेपानीको सुविधा पु¥याउन स्थानीय सरकारकोे मुख्य काम भएको राराका स्थानीयवासि बताउँछन् ।





