अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच

 

 

 

विजय रावत,
जुम्ला । जुम्लको तिला गाउँपालिका– २ मा रहेको रारालिही स्वास्थ्य चौकीमा शारीरिक स्वास्थ्य कमजोर भएका पालिका भित्रका पाँच जना अपाङ्गता भएका व्यक्तिहरूलाई विहीबार स्वास्थ्य परीक्षण गरिएको छ ।
गाउँपालिकामा रहेको आई.एन.एफ.नेपाल शाखा अन्तर्गत कार्यन्वयन भैरहेको समावेशी स्वास्थ सेवा परियोजना र रारालिही स्वास्थ चौकीको समन्वयमा तिलाका पाँच जना छनौट भएका अपाङ्गता बिरामीलाई आई.एन.एफ.नेपाल,पोखरा हरियोखर्कका डा.जस बहादुर गुरुङ र रारालिही स्वास्थ चौकीका स्वास्थ प्रमुख जनस्वाथ्य निरीक्षक कमल रावतबाट थप स्वास्थ्य चेकजाँच मार्फत बिरामीहरुलाई टेली मेडिसिन सेवा प्रदान गरिएको रारालिही स्वास्थ चौकीका स्वास्थ प्रमुख कमल रावतले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीका अनुसार पालिकाबाट छनौट भएका अपाङ्गता भएका तिला– ३ निवासी १८ वर्षीया बशन्ती थापा,तिला – ८ का ४४ वर्षीया सुशीला रावत, तिला–८ का ३७ वर्षीया लाल बहादुर नेपाली,तिला – ३ का ४३ बर्षीया कमल सार्की र तिला – २ निवासी १४ बर्षिया दिपेन्द्र नेपालीको स्वास्थ्य परीक्षण गरिएको आई.एन.एफ.नेपालका परियोजना अधिकृत रामबहादुर बुढा मगरले बताउनुभयो । थप उपचारका लागि आई.एन.एफ को सहयोगमा सुशीला रावत र कमल सार्कीलाई विशेषज्ञ चिकित्सकबाट पोखरामा उपचार गरिने हरियोखर्क पोखरका शारीरिक पुनःस्थापना विशेषज्ञ डा.जस बहादुर गुरुङले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...