जुम्लामा सुनचाँदी पसल भित्र ब्राउन सुगर सहित एक जना पक्राउ

 

जुम्ला । जुम्लामा सुनचाँदी पसल भित्र लागू औषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका – ४ मा रहेको एउटा सुन चाँदी पसलमा लागु औषध भेटिएपछि प्रहरीले व्यापारीलाई पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।
आज प्रहरीले विशेष सुचनाको आधारमा सुनचाँदी पसलमै पुगेर लागु औषध बरामद गरेको छ । चन्दननाथ नगरपालिका–३ घर भई हाल जुम्ला सदरमुकाम खलङ्गा बजारमा सुन चाँदीको व्यवसाय गर्दै आएका ३० वर्षीय मिन बहादुर सुनारको पसलमा लागु औषध भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीले बताउनुभयोा ।
प्रहरीका अनुसार सुन चाँदी पसल भित्र लुकाई छिपाई तिन पुरिया ब्राउन सुगर जस्तो देखिने लागु औषध राखिएको थियो । जसको तौल प्लास्टिक हटाई सुद्ध ८५० मिलि ग्राम रहेको छ । सुनचाँदी पसलमा भेटिएको लागु औषध सहित उक्त सुनचाँदि पसलका संचालक मिन बहादुर सुनारलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । विजय रावत




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...