ग्रीन क्याप युवा क्लब र कास बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

पूर्ण चौलागाईँ
ग्रीन क्याप युवा क्लब तातोपानी ५ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। साउने संक्रान्तिको अवसरमा क्लव र कास बीच सुमधुर सम्बन्ध कायम राख्ने उद्देश्यले सो प्रतियगिता गरिएको ग्रीन क्याप युवा क्लब वरिष्ठ सल्लाहकार शिवशंकर चौलागाईंले बताए।
उक्त खेलमा शून्य गोलका विरूद्ध १ गोल गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बिजयी भएको हो।
सोही अवसरमा त्रिवेणी बालज्योती आधारभूत विद्यालय हाकुमा वृक्षारोपण गरिएको तातोपानी ४ का वडा अध्यक्ष अमर बहादुर रोकायले जानकारी दिए।
हरेक अवसरमा हाकु चौरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै आएका छन्।




तपाईको प्रतिक्रिया