
पूर्ण चौलागाई जुम्ला।
पातारासी गाउँपालिका वडा नम्वर ५ ले दुई प्रहरीचौकीलाई बाइक हस्तान्तरण गरेको छ। अध्यक्ष दत्त बुढाले आफुले चलाउदै आएकाे बाइक (आरटिआर १६० सिसि) पातारासी ४ काे डिल्लीचाैर प्रहरी चाैकिलाई र वडाका प्राविधिकले प्रयाेग गरिरहेकाे पल्सर बाइक (१६० सिसि) पातारासी २ काे तल्फी प्रहरी चाैकिलाई हस्तान्तरण गरिएको हो। पातारासी क्षेत्रमा शान्ति सुरक्षा, अमनचयन कायम राख्न र अपराध, चाेरि डकैती नियन्त्रण गर्न प्रहरीलाई सहज हाेस् भन्ने उद्देश्यले वडाका दुइवटा माेटरसाइकल प्रहरी चाैकिलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष दत्त बुढाले बताए।

जनतालाई शान्ति सुरक्षामा सहजता ल्याउन वडाले हस्तान्तरण गरिएका बाइक अन्य काममा दुरुपयोग नगरी सही काममा सदुपयोग गर्न पालिका अध्यक्ष पूर्णसिंह बोहोराले प्रहरीचौकी सुझाव दिए। यता डिल्लीचाैर प्रहरीचौकीका इन्चार्ज कविराज जैसीले घटना घटेको स्थानमा पुग्न सास्ती हुने र ढिलो प्रहरी पुग्ने गरेकोमा आगामी दिनमा छिटो प्रहरी पुगी जनताको जिउधन सुरक्षामा सहजता आउने बताए।




हाम्रो कर्णाली । १ श्रावण २०८१, मंगलवार १४:२५