तिला–१ वडा कार्यालयद्धारा सार्वजनिक सुनुवाई

 

जुम्ला । विकास निर्माणदेखी सेवा प्रभावकारिताका लागि जुम्लाको तिला गााउँपालिका – १ को वडा कार्यालयद्धारा सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८०।८१ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । सोे वडा स्थानीयबासीले योजना तर्जुमा प्रक्रियामा जनआवाजलाई समावेश गर्न आग्रह समेत गरेकाछन् ।
वडापालिकाबाट चालू आर्थिक बर्ष को हालसम्म प्रवाह भएका सार्वजनिक सेवाको प्रभावकारिता तथा विकास निर्माणको गुणस्तरीयतामा आधारित रहेर वडापालिकाको कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाईमा गुनासो राख्ने अधिकांश स्थानीयहरूले जनताप्रति जवाफदेही भएर दैनिक जनजीवनलाई सहज बनाउने गरि योजना तर्जुमा गर्न आग्रह गरेका हुन् ।

सार्वजनिक सुनुवाईमा रारा गाउँमा खानेपानी अभावको सवाल पेचिलो ढंगले उठान भएको छ । विकास निर्माणको कार्य अघिबढेपनि नागरिकलाई चाहिने स्वाच्छा खानेपानीको मुख्य समस्या रहेको राराका स्थानीयवासि बताउँछन् .
वडा सचिव मिमकोशा रोकायाले वडामा चालु आर्थिक वर्षभित्र ३७ लाख बजेट वडामा आएको थियो । सोही बजेट भित्ररही विभिन्न विकास निर्माणका आयोजना सम्पन्न भएकाछन् । सडक स्तरउन्नती, मठमिन्दर तथा विद्यालय भवन मर्मत र सितानगर खानेपानी निर्माण भएको वडा सचिव रोकयाले जानकारी दिनुभयो ।
वडाध्यक्ष जंंगबहादुर बस्नेतले रारा गाउँमा खानेपानीका लागि चालु आर्थिक वर्षमा झण्डै २ करोड बजेटको ठक्का भई सामान खरिद भएको छ । आगामी आर्थिक वर्षमा संघीय सरकारबाट १ करोड ५० लाख र गाउँ पालिकाको ५० लाख बजेट बिनियोजन भएको छ । यो वर्ष भित्र समयमै खानेपानीको बोलपत्र गरिने भएको छ ।
गाउँमा आगामी तीन वर्षभित्रै खानेपानी पु¥याउने वडापालिकाको लक्ष्य रहेको वडाध्यक्ष बस्नेतले बताउनुभयो । गाउँमा खानेपानीको अति आवश्यक रहेको छ । स्थानीय सरकारले अबको तीन वर्षभित्र रारा गाउँमा खानेपानी पुग्ने गरी काम गर्न जरुरी रहेको स्थानीयवासि गोर्ख बस्नेतले बताउनुभयो । वडाबाट संचालन भएका विकास योजना र सेवा प्रवाहबारे स्थानीयवासिले जिज्ञास राखेका थिए ।विजय रावत




तपाईको प्रतिक्रिया