शिक्षा, स्वाथ्य, आयआर्जन तथा शसक्तिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न

पूर्ण चौलागाई जुम्ला।
जुम्लाको पातारासीका ३ वटा गाउँमा शिक्षा, स्वाथ्य, आयआर्जन तथा शसक्तिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ।
उर्थु, डील्लिचौर र तल्फि गाउँमा जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत ८८ जना सुत्केरी,गर्ववती र अति विपन्न महिलालाई उनीहरुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सो तालिम दिइएको पातारासीका गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्। महिलाहरुको आयआर्जनमा टेवा पुर्याउनको लागि सबै सहभागीलाई कुखुरा पालन गर्न ९/९ वटाको कुखुरा सहयोग गरिएको उपाध्यक्ष रोकायाको भनाई छ।


सुत्केरी,गर्ववती र अति विपन्न महिलालाई यस्तो तालिमको आवश्यकता भएकोले सोही बमोजिम पौष्टिक आहारमा सुधार ल्याउन तालिम संचालन गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रम सम्पर्क व्यक्ति हरी बहादुर कामीले बताए।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...