×
विजय रावत,
जुम्ला । जुम्लाको तिला गाउँपालिकाको–८ ले सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । वडापालिकाले आर्थिक बर्ष २०८०।८१मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
वडापालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी वडापालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको वडा सचिव खड्का बहादुर रावतले जानकारी दिनुभयो । वडाबाट संचालन भएका विकास योजना,बजेट र सेवा प्रवाहबारे प्रस्तुतिकरण गर्दै वडा सचिव रावतले भन्नुभयो,“यस आर्थिक बर्षमा वडाका जम्मा आठवटा योजना सम्पन्न भएकाछन् । आर्थिक बर्षको अन्तिममा योजनाका खर्च गर्ने प्रवृति वडा कार्यालयले अन्त्य गरेको बताउनुभयो ।

वडापालिकाबाट चालू आर्थिक बर्ष २०८०।८१ को हालसम्म प्रवाह भएका सार्वजनिक सेवाको प्रभावकारिता तथा विकास निर्माणको गुणस्तरीयतामा आधारित रहेर वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको वडाध्यक्ष आसे बस्नेतले बताउनुभयो । कार्यक्रमका सहभागीले वडापालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।
वडा कार्यालयको परिसरमा आयोजित सार्वजनिक सुनुवाईमा गुनासो राख्ने अधिकांश स्थानीयवासिहरूले जनताप्रति जवाफदेही भएर दैनिक जनजीवनलाई सहज बनाउने गरि योजना तर्जुमा गर्न आग्रह गरेका थियो । सार्वजनिक सुनुवाइको क्रममा सेवाग्राहीले उठाएका सवाल, जिज्ञासा र प्रश्नहरुको आधारमा वडाध्यक्ष बस्नेत,वडा सचिव रावतले जवाफ दिएका थिए । वडाध्यक्ष आसे बस्नेतको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथी नेपाल नेत्रज्योति संघ जुम्ला पुर्वसभापति धनबहादुर रावत रहेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि युवाक्लव,जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयवासिको उपस्थिती रहेको थियो । तिला गाउँपालिकाको – ८ को आयोजनामा तथा भेरिखोला मल्टप्रपोज मिडिया प्रालि.को सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण पत्रकार विजय रावतले गरेका थिए । तिलाका ९ वटा वडामध्ये याे आबमा असार भित्र सार्वजनिक सुनुवाइ गर्ने पहिलो वडा तिला-८ रहेको छ।





हाम्रो कर्णाली । १४ असार २०८१, शुक्रबार २२:३३