जुम्लाका आठवटै स्थानीय तहको संघीय सरकारको साढे दुई अर्ब बजेट

 

जुम्ला । जुम्ला जिल्लाका एक नगरपालिका सहित सात गाउँपालका गरी आठवटा स्थानीय तहमा संघीय सरकारको आगामी आर्थिक वर्षका लागि दुई अर्ब भन्दाबढी बजेट दिएको छ । संघीय सरकारले आगामी आव २०८१÷८२ का लागी यहाँका आठवटै स्थानीय तहमा दुई अर्बबढी अनुदान प्राप्त भएको हो ।
वित्तीय समानीकरण अनुदान,विशेष अनुदान,सर्शत अनुदान र समपुरक अनुदान गरी चार शीर्षक अन्तरर्गत रहेर संघीय सरकारले प्रदेश र पालिकालाई बजेट पठाउने गरेको छ । जस अन्तरर्गत जुम्लामा दुई अर्ब ६६ करोड ६ लाख बजेट जिल्लामा आएको हो ।
जसमा यहाँको एकमात्र चन्दननाथ नगरपालिकामा जिल्लाकै सबैभन्दा बढी ५२ करोड १३ लाख अनुदान आएको छ । जसमा समानीकण अनुदान १२ करोड ४२ लाख, सर्शत अनुदान ३९ करोड २१ लाख समपुरक ५० लाख अनुदान प्राप्त भएको छ । चन्दननाथमा विशेष अनुदान शुन्य छ ।
त्यस्तै कनकासुन्दरी गाउँपालिकामा ३० करोड ९१ लाख विनियोजनहँुदा जसमा समानीकरण अनुदान ९ करोड ३५ लाख प्राप्त भएको वित्तीय हस्तान्तरणको पत्रमा उल्लेख गरिएको छ । गुठिचौर गाँपालिकामा समानीकरण अनुदान ८ करोड ३७ लाख आउँदा सर्शत अनुदान २० लाख २६ हजार सहित कूल २९ करोड १३ लाख अनुदान पाएको छ ।
त्यस्तै तातोपानी गाँपालिकाले चारवटै शिर्षकबाट कुल ३२ करोड ५५ लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान नौ करोड ७९ लाख,सर्शत अनुदान २२ करोड ६ लाख,विशेष अनुदान २० लाख सहित कूल साढे ३२ करोड अनुदान आएको छ ।
यहाँको तिला गाउँपालिकामा ३१ करोड ९६ लाख, पातारासी गाउँपालिकामा २७ करोड ७४ लाख,सिंजामा २७ करोड ६० लाख र हिमा गाउँपालिकामा २६ करोड ९४ लाख बजेट प्राप्त भएको यहाँका स्थानीय तहले जनाएकाछन् । सरकारबाट विस्तार बजेट घटेर स्थानीय तहमा आउने गरेको छ ।
वितेका आर्थिक वर्षहरु भन्दा यो वर्ष विभिन्न शीर्षकमा आउने अनुदान समेत घटेर स्थानीय तहमा बजेट आएको छ । विकास योजनालाई सही रुपमा कार्यान्वयमा समस्या आउने सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...