
जुम्ला । विश्व वातावरण दिवसको अवसरमा बुधबार जिल्लाको तातोपानी गाउँपालिका स्तरीय भएको हाजिरीजवाफ प्रतियोगितामा सो गाउँपालिकाको हिमशिखर मावि प्रथम भएको छ । हाम्रो भुमि, हाम्रो भविश्य भन्ने मुल नारासहित विश्व वातावरण दिवसको अवसरमा सञ्चालन गरिएको हाजिरजवाफ प्रतियोगितामा हिमशिखर माध्यामिक विद्यालयका बालबालिकाले प्रथम स्थान हासिल गरेका छन् । तातोपानी गाउँपालिका – ६ धौलापानी आधारभुत विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको हाजिरजवाफ प्रतियोगितामा हिमशिखर माविका बालबालिका हेमन्त नेपालीको समुह प्रथम भएको हो ।
यस्तो हाजिरजवाफ प्रतियोगिताको दोस्रो स्थानमा दुर्गा माविको सुर्यलक्ष्मी सुनारको समुह रहेको छ । दुर्गा मावि लाम्राकै अनुराधा चौलागाईको समुहले तेस्रो स्थान हासिल गरेको वडाध्यक्ष विशाल खड्काले बताए ।
हाजिरजवाफ प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान गर्ने प्रतियोगी बालबालिकाको समुहलाई नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईले बताए ।
विश्व वातावरण दिवसको अवसरमा सञ्चालन गरिएको हाजिरजवाफ प्रतियोगितामा वन वातावरण सम्वन्धी नै बढी प्रश्न उत्तर रहेको भु तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख हिमालय साउदले बताए ।
तातोपानी गाउँपालिका जुम्ला, डिभिजन वन कार्यालय जुम्ला, भु तथा जलाधार व्यवस्थापन कार्यालय जुम्ला, सामुदायिक वन उपभोक्ता महासंघ जुम्ला, किर्डाक नेपाल, पेस नेपाल, जुम्लालगायत सरोकारवाला निकायको समन्वयमा हाजिरजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।विश्व वातावरण दिवसको अवसरमा तातोपानी गाउँपालकाको – ६ मा रहेको सानी पातल सामुदायिक वनमा वृक्षरोपण समेत गरिएको वडाध्यक्ष विशाल खड्काले जानकारी दिनुभयो ।




हाम्रो कर्णाली । २३ जेष्ठ २०८१, बुधबार १९:१२