


पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाको तातोपानी गाउँपालिकाले दुई वर्षे प्रगति सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकामले २ आर्थिक वर्ष (२०७९÷०८० र २०८०÷०८१) मा सम्पादन भएको उत्कृष्ट काम सार्वजनिक गरेको हो । तातोपानी गाउँपालिकामा असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्न प्रत्येक आर्थिक वर्षको वैशाख मसान्त भित्रै योजनाहरुको अन्तिम भुक्तानी गर्ने नीतिगत व्यवस्था गरिएको अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए । श्रम संस्कृतिको विकास गर्न र योजनाहरुको लागत घटाउन तातोपानीमा प्रत्यके हप्ताको दोस्रो शनिवार श्रमदान अभियान सञ्चाल गर्रिएको अध्यक्ष चौंलागाईको भनाई छ ।‘मानसिक सन्तुलन गुमाई सडकमा भौतारिरहेका ६ जना नागरिकको उद्धार गरि पुर्नस्थापना गरिएको छ, गाउँपालिकाको आन्तरिक आयस्रोतबाट पालिकाको प्रशासनिक भवन निर्माण भएको छ, साथै २५ वटा स्थानीय कानुन निमाएण गरि कार्यान्वयनमा ल्याइएको छ ।’ अध्यक्ष चौंलागाईले भने । विपन्न नागरिकका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु, वृहत स्वास्थ्य शिविर सञ्चालन, निशुल्क एम्बुलेन्स सेवा प्रदान , शैक्षिक कचहरी सञ्चालन गर्नुका साथै र विद्यार्थी शिक्षक अनुपातमा शिक्षक दरबन्दी मिलान गरिएको अध्यक्ष चौंलागाईले जानकारी दिएका छन् ।


तातोपानी गाउँपालिका भित्र रहेका ३ हजार ३ सय घरधुरीको घर बिमा गरिएका र स्थानीय उपजमा आधारित दिवा खाजा कार्यक्रम लागु गरिएको अध्यक्ष चौंलागाईले सार्वजनिक गरेका छन् ।जुम्लाकै ठुलो र सुन्दर ताल गिडिदह सम्मेल गरि क्षेत्रफल समेत सार्वजनिक गरिएको छ । गिडिदहको लम्बाई १ हजार ५ सय १० मिटर, चौडाई ३ सय १० मिटर र गहिराई ४२ दशमलव ३ मिटर रहेको छ । दुई आर्थिक वर्ष भित्रमा भौतिक पुर्वधार तर्फ १० वटा विद्यालय भवन, २ वटा वडा कार्यालय भवन, १ प्रशासकीय भवन, ३ वटा सार्वजनिक शौचालय, ३ वटा काठेपुल निर्माण, २ वटा झुलेंगे पुल, ७ किमि सडक निर्माण, २४ किमि गोरेटो बाटो निर्माण, २५२८ घरधुरीमा खानेपानी मर्मत तथा निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा योजना क्षेत्रमा ९९ प्रतिशत भौतिक प्रगति गरिएपनि विविध कारणले ५८ प्रतिशत मात्रै योजनाको अन्तिम भुक्तानी भएको तातोपानका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए ।‘योजनाको भौतिक प्रगति ९९ प्रतिशत छ, तर रोपाईँ, घरायसी कामको चटारो र यार्सा टिप्ने लहरले भुक्तानी भने कम भएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत कठायतले भने । पालिकामा चालु आर्थिक वर्षमा ७ वटा योजनाहरु ठेक्का मार्फत सञ्चालन भएको कठायतले बताए



