ठाकुरज्युलाई पर्यटन प्रर्बद्धन गर्नेका लागि सडक निर्माण गरिँदै

जुम्ला । जुम्लाको धार्मिक पर्यटकिय गन्तव्यको रुपमा रहेको ठाकुरज्युसम्म आन्तरिक तथा बाह्य पर्यटनलाई सहजरूपमा पुग्नका लागि सडक निर्माण गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनका लागि जिल्लाको गुठिचौर गाउँपालिकाले ठाकुरज्युसम्म सडक निर्माण गर्ने लागि परेको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिनुभयो ।

पर्यटकीय स्थान ठाकुरज्युसम्म पुग्नको लागि पर्यटनदेखि स्थानीयवासिलाई सहजमा लागि सडक निर्माण पालिकाले गर्ने भएको छ। गाउँपालिका अध्यक्ष बुढाले भन्नुभयो ,ू बाटो नहुँदा आउजाउमा सास्ती खेप्दै आएका आन्तरिक धार्मिक पर्यटकको समस्यालाई मध्यनजर गर्दै ठाकुरज्युसम्म जाने सडक पूर्वाधार निर्माणलाई जोड दिइएको गुठिचौर गाउँपालिकाका अध्यक्ष बुढाको भनाइ छ। ूठाकुरज्युको प्रर्बद्धन र गुठिचौरका स्थानीयलाई त्यहाँसम्म पुग्न सहज होस भन्नका लागि सडक निर्माण कार्यको थालनी गरिएको छ। पर्यटन क्षेत्र आर्थिक समृद्धी रोजगारी सृजनाका मुख्य आधार भएकाले सडक निर्माणलाई प्रथामिकतामा राखिएको हो ।

पालिकाको एक पर्यटन क्षेत्र समेत रहेकोले ठाकुरज्यु लगायतका अन्य क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धन गर्नेका लागि स्थानीय सरकारको पहिलो प्रथामिकता रहेको गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो ।कामको गुणस्तर,समयमै काम सक्नका लागि नियमित अनुगमन तथा निरिक्षणको कामलाई विशेष जोड दिने गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी भण्डारीले जानकारी दिनुभयो । गुठिचौरको पर्यटन प्रर्बद्धनकालागि संघर र प्रदेश सरकारसंग थप बजेटको माग गरिएको गाउँपालिका उपाध्यक्ष भण्डारीको भनाइ छ। गुठिचौरको लाग्नाहुदैँ ठाकुरज्यु जोड्ने सडकको बजेट २८ लाख ४० हजार लगानीमा निर्माण हुन लागेको गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकीय ध्रुर्वराज गिरीले बताउनुभयो ।

गाउँपालिका प्राविधिक शाखा प्रमुख मीन बहादुर भण्डारीले सडक निर्माणको ठेक्का के एण्ड पी निर्माण सेवा डोल्पाले लिएको छ। अहिले काम संचालन भइरहेको छ। कुल १ करोडको खुला प्रतिस्पार्धामा ठेक्का आह्वान भएपनि निर्माण व्यवसायीले घटेर २८ लाख ४० हजारमा के एण्ड पी निर्माण सेवा डोल्पासंग ठेक्का सम्झौता भएको गुठिचौर गाउँपालिका प्राविधिक शाखा प्रमुखभण्डारीले जानकारी दिनुभयो । लाग्नादेखि ठाकुरज्युसम्म पहिलोचरणमा ३ हजार ५ सय मिटर निर्माणहुने भएको छ। पहिलो वर्ष ट्रयाक खोल्ने र आगामी वर्षमा स्तरबृद्धि गरेर पर्यटन र स्थानीयवासिलाई ठाकुरज्युसम्म यात्रा गर्ने निकै सहजहुने गुठिचौर गाउँपालिकाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...