पूर्ण चौलागाईँ जुम्ला।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपालगंज नर्सिङ्ग क्याम्पस, बाँकेको B.Sc. Lab तथा प्रशासनिक भवन समुद्घाटन भएको छ l साथै पुस्तकालय भवनको शिलान्यास त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. दिव्या सिंह शाहले गर्नु भएको छ ।
के एण्ड के ईन्जिनीयरिङ्ग कन्सल्टेन्सी, खजुरा, बाँकेद्वारा प्राविधिक परामर्श तथा सुपरभिजन भई रु.९९,९९,९९१.७७ रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण व्यवसायी शाही कृष्ण कन्स्ट्रक्सन, बैजनाथसँग रु.७१,०२,३४३.२४ रुपैया मा निर्माण कार्य सम्झौता भई उक्त B.Sc. Lab तथा प्रशासनिक भवन २०८१ बैशाख १९ गते निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको थियो | समयमै भवन निर्माण सम्पन्न गर्ने शाही कृष्ण कन्स्ट्रक्सनका सञ्चालक तथा निर्माण व्यवसायी लोकेन्द्र शाहीलाई र के एण्ड के ईन्जिनीयरिङ्ग कन्सल्टेन्सी, खजुरा, बाँकेद्वारा प्राविधिक परामर्श तथा सुपरभिजन गर्ने ईन्जिनियर खेमराज बराललाई सम्मान गरिएको थियो।
साथै पुस्तकालय भवन करिब २९९३२५८१.१७ रुपैया लागत अनुमान गरिएको भवन निर्माण कम्पनी Jwalamai-Gospel-Jayalaxmi JV काठमाण्डौले १८९५३७१३.५३ रुपैयाँमा निर्माण सम्पन्न गर्ने ठेक्का कबुल गरी भवन निर्माण कार्य शुरु भएको क्याम्पस प्रमुख तुलसा सुनारले जानकारी दिनुभयो।
उद्घाटन तथा शिलान्यास कार्यक्रममा त्रि.वि. चि.शा.अ.सं. का डीन प्रा.डा. दिव्या सिंह शाहले भवन निर्माणसंगै थप प्रशासनिक कामकाज कार्य सम्पादनमा सहजता हुने मन्तव्य राख्नुभयो | साथै त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन प्रा. तक्मा के.सी. ले नेपालगंज नर्सिङ्ग क्याम्पस बाँके जिल्लाको एकमात्र नभई सम्पूर्ण लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका लागि एकमात्र त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगत नर्सिङ्ग क्याम्पस भएकोले स्थानीय, प्रदेश तथा संघीय सरकारबाट यस क्याम्पसका लागि थप भौतिक पूर्वाधार निर्माण कार्यमा सहयोग र सहकार्यता रहनुपर्छ भन्ने कुराहरु आफ्नो मन्तव्यमा राख्नु भएको थियो |
सो कार्यक्रममा प्रमुख अथितिको रुपमा त्रि.वि. चि.शा.अ.सं. का डीन प्रा.डा. दिव्या सिंह शाह, बिशेष अथितिको रुमपा चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन प्रा. तक्मा के.सी., भेरी अस्पतालका अस्पताल नर्सिङ्ग प्रशासक ईश्वरी के.सी. र यस क्याम्पसका त्रि.वि. प्राध्यापक संघका सचिव सृजना सापकोटा तथा त्रि.वि. कर्मचारी संघका अध्यक्ष पैकराम पासी, स्वतन्त्र विद्यार्थी युनियनका सभापति दीपिका सोनी समेतको आथित्य र सभाध्यक्ष को रुपमा यस क्याम्पसका क्याम्पस प्रमुख तुलसा सुनारज्यूको अध्यक्षतामा समुद्घाटन तथा शिलान्यास कार्यक्रम सम्पन्न गरियो | उक्त कार्यक्रम संचालन सहायक प्राध्यापक सरस्वती नाईले गर्नु भएको थियो |