अध्यक्षको कार्यकक्षमै इन्जिनियर शाहीमाथि हातपात

पूर्ण चौलागाईँ जुम्ला।
पातारासी गाउँपालिका जुम्लामा कार्यरत ईन्जनियर नवीन शाहीमाथि हातपात भएको छ। अध्यक्ष पूर्णसिंह बाेहाेराकै कार्यकक्षै इन्जिनियर शाहीमाथि हातपात भएको हो। पातारासी ६ उर्थुका युवा विष्णु विष्टले आफूलाई हातपात गरेको इन्जिनियर शाहीले बताए।
काम नगरि भुक्तानी माग गरेकाे विषयमा विवाद हुँदा ईन्जिनियर शाही माथि हातपात गरेको अध्यक्ष बाेहाेराले बताए। विगतका बर्षमा पनि कर्मचारीमाथि यस्ता हर्कत भएको अध्यक्ष बाेहाेराको भनाई छ।

यता पातारासी गाउँपालिका की उपाध्यक्ष जनमाया रोकायाले इन्जिनियर शाहीमाथि हातपात नभएको र बरु उल्टै शाहीका मान्छेद्रारा विष्ट कुटिएको उपाध्यक्ष  रोकायाको दाबी छ।

तपाईको प्रतिक्रिया