सेवाकालीन तालिमका कर्मचारी बीच मैत्रीपूर्ण फुटबल, बुलबुलेलाई हराउँदै कर्णाली विजयी

सुर्खेतमा सेवाकालीन तालिममा रहेका राष्ट्रसेवक कर्मचारी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ। सुर्खेत स्थित नवनिर्मित रंगशालामा सो प्रतियोगीता आज भएको हो।
कर्मचारीहरु बीच भाइचाराको सम्बन्ध स्थापित तथा सुभधुर सम्बन्ध कायम गर्न उक्त खेलको आयोजना गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेश अध्यक्ष देबेश्वर गिरीले बताए।


बुलबुले समूह र कर्णाली समूह बीच भएको खेलमा २ गोलका विरुद्ध ३ गोल गरि कर्णाली समूह विजयी भएको बुलबुले समूहका अनुभवी खेलाडी लक्ष्मी चन्द्र न्यौपानेले जानकारी दिए। स्वास्थ्यको लागि खेलले महत्वपूर्ण भूमिका खेल्ने भएको हुँदा यस्ता खेलहरूको आयोजना गरिनु सकरात्मक पक्ष भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन जुम्ला जिल्ला उपाध्यक्ष वीरेन्द्र रावलको भनाई छ ।

तपाईको प्रतिक्रिया