जुम्लामा चरेश सहित एक युवा पक्राउ

पूर्ण चौलागाईँ जुम्ला।

जुम्लामा चरेशसहित एक जना युवा पक्राउ परेका छन्। जुम्ला जिल्ला गुठिचौर गाउँपालिका वडा नं ३ गर्ज्याङकोट निवासी अन्दाजी २३ वर्षिय दीपक बुढा पक्राउ परेका हुन्। बुढाको साथबाट १ सय ६१ सय १० मिलिग्राम चरेश सहित सोमबार दिउँसो तीन बजेको समयमा जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ०६ रिठुगुनी भन्ने स्थान पक्राउ गरिएको जुम्लाका डिएसपी छेदिलाल कामतीले बताए।


उनका अनुसार पक्राउ परेका बुढालाई कानून बमोजिम खानतलासी गरि कालो रङको झोलाको बीचको गोजी भित्र सेतो प्लाष्टिकमा बेरी लुकाई राखेको अवस्थामा चरेस भेटिएको थियोे।

पक्राउ परेका बुढालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।




तपाईको प्रतिक्रिया