सिंजामा संचालन भएको बृहत् स्वास्थ्य शिविरबाट दुई हजार ३४९ जना लाभान्वित

पूर्ण चौलागाईँ जुम्ला।
जुम्ला,१९ वैशाख : जुम्लाको सिंजा गाउँपालिकाकाे समन्वय र सहजीकरण तथा कादुरी एग्रिकल्चर एण्ड एसाेसिएशन विट्रस गाेर्खाज पाेखरा,नेपालको आयाेजनामा पालिकाकाे -३ मा संचालन भएको नि:शुल्क बृहत स्वास्थ्य शिविरबाट यहाँका करिब दुई हजार ३४९ जना लाभान्वित भएकाछन् । वैशाख १५ गतेदेखि १८ गतेसम्म तीनदिन आयोजित सो शिविरमा सिंजा क्षेत्रका विशेषगरी हिमा,कनकासुन्दरी र सिंजा गाउँपालिका स्थानीयवासिले विशेषज्ञ डाक्टरबाट स्वास्थ चेकजाँच सहित परामर्श समेत लिएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिनुभयो । विट्रस गाेर्खाज नेपालबाट विशेषज्ञ चिकित्सकहरूको टोलीले सिंजामै पुगेर यहाँका स्थानीयलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरेकाछन्। अध्यक्ष धितालले भन्नुभयो ,”पालिकाकाे-३ स्थित धितालिहीमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, पाठेघर, क्यान्सर, गाइने, आँखा, दात लगायत सबै प्रकारका रोगको उपचार गरी नि:शुल्क औषधि पनि वितरण गरिएको गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।” दुई हजार ३४९जाँच गरिएका बिरामीमध्ये १८७ जनालाई प्रयाेगशालाबाट स्वास्थ परिक्षण गरिएको छ। महिला स्वास्थ्य सम्बन्धि गाइने ५१३ जनाले सेवा लिएका छन् । मुटुको जाँच १६५ जना , ६१६ जनाले दाँतकाे उपचार गरेका छन् ।
बहिरंग सेवा दुई हजार ६२ जना, एक हजार ५५८ जनाले आँखाकाे चेकजाँच गरेको सिंजा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित राेकायाले जानकारी दिनुभयो । स्वास्थ्य पहुँचमा नपुगेका र दुर्गम क्षेत्रका नागरिकले गाउँघरमै विशेषज्ञसहितको सेवा पाउँदा निकै खुसी भएको सिंजा-३ स्थानीयवासि लालविर राेकायाले बताउनुभयो ।नेपाली भाषाको जन्म थलो सिंजामै आएर विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्ने पाउँदा आफुमा खुसियाली छाएको एग्रिकल्चर एण्ड एसाेसिएशन विट्रस गाेर्खाज पाेखरा,नेपालले जनाएको छ।सिंजाका १७१ जनालाई विभिन्न सीपमूलक तालिम समेत दिने विट्रस गाेर्खाज पाेखराले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...