सिंजामा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका- ३ मा नि:शुल्क वृहत् स्वास्थ्य शिविर शनिबारदेखि संचालन हुँदै छ। गाउँपालिकाकाे सहजीकरण तथा बि्रटिश गाेर्खाज् नेपाल कादुरीकाे आयाेजनामा वैशाख १५ देखि १८ गतेसम्म तीन दिन निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएकोले सिंजाका स्थानीयवासिलाई लाभ लिन सबैलाई आह्वान गरेको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिनुभयो । शिविर संचालनका लागि तयारी पुरा भएको छ।

विभिन्न राेगका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य चेकजाँच हुने भएको छ। चिकित्सकहरुबाट सबैका लागि निःशुल्क चेकजाँच तथा चिकित्सा परामर्शको व्यवस्था गरिएकोले सिंजा क्षेत्रमा हिमा,कनकासुन्दरि र सिजा गाउँपालिका स्थानीयवासी लगायत सबैलाई सो अवसरको लाभ उठाउन आह्वान गरिएको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ। शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने  सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधि उपलब्ध गराउने भएको छ।सिजा वरपरका ग्रामिण समुदायका स्थानीयलाई विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नि:शुल्क स्वास्थ शिविर संचालन गरिएको गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।

सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूतिरोग, मुटुरोग, दन्तरोग, हाडजोर्नी, आँखा,नाक कान घाँटीकाे परीक्षण,स्वास्थ्य सेवा लगायतका विषयहरुमा    विशेषज्ञ चिकित्सकबाट चेकजाँच हुने बि्रटिश गाेर्खाज् नेपाल कादुरीले जनाएको छ। विजय रावत

 



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...