पर्यटनको पर्खाइमा रहेको गिडिदहकाे क्षेत्रफल नापजाँच प्रतिवेदन सार्वजनिक

जुम्ला।जुम्लाको तातोपानी गाउँपालिका -४ मा रहेको जिल्लाको प्रसिद्ध आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्रकाे रुपमा रहेको गिडिदहकाे वास्तविक क्षेत्रफल नापजाँच प्रतिवेदन बिहीबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ।काठमाडौं विश्व विद्यालयले तयार पारेकाे डिडिदहकाे नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वविद्यालयका उपप्रध्यापक रामदेवी तचामाे शाहले भन्नुभयो ,” गिडिदहकाे कुल लम्बाई १हजार ५१० मिटर,चाैडाई३१० मिटर,उचाइ ३ हजार ४८५र गहिराई ४२दशमलव ३ मिटर रहेकाे छ। दुई खण्ड बिचकाे वहाबकाे भाग २ सय मिटर लम्बाई रहेको विश्वविद्यालयका उपप्रध्यापक शाहले जानकारी दिनुभयो । ” कुल १५ लाख बजेटमा काठमाडौं विश्वविद्यालयले नापजाँच प्रतिवेदन तयार गरेकाे तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले बताउनुभयो । कर्णाली प्रदेश क्षेत्रकै पर्यटकीय स्थलको विकास र गिडिदहकाे प्रवर्द्धन र संरक्षणमा पालिकाकाे महत्त्वपूर्ण भुमिका रहने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वराज्यमन्त्री गाेमा गाैतम कुँवरले बताउनुभयो । जुम्लाका पर्यटकीय क्षेत्रकाे प्रवर्द्धन र संरक्षणका लागि पालिका सधैं लागि पर्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले जानकारी दिनुभयो । गिडिदहमा पर्यटक भित्र्याउनका लागि सडक लगायत अन्य पुर्वधारकाे निर्माण गरेको खण्डमा सहजरूपमा आन्तरिक तथा बाह्य पर्यटनलाई जान सहज हुने भएकोले यश विषयमा पालिकाले आउने वर्षको नीति तथा कार्यक्रम र बजेटमा विशेष प्रथामिकता दिएर काम गर्ने आवश्यक रहेको जिसस प्रमुख गाैरिनन्द आचार्यकाे भनाइ छ। साे कार्यक्रममा जिल्ला स्थित सराेकारवालाहरु लगायत पालिका जनप्रतिनिधि र कर्मचारीकाे सहभागी रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...