विजय रावत
जुम्ला। नेकपा माओवादी केन्द्र जुम्लाबाट निर्वाचित पातारासीका जनप्रतिनिधिले दुई बर्ष अवधिमा गरेका कार्य प्रगतिकाे बुधबार पत्रकार भेटघाट कार्यक्रमबाट सार्वजनिक गरेकाछन् ।
आफु निर्वाचित भएको दुई बर्षकाे अवधिमा गरेका मुख्य कार्य विवरणकाे सार्वजनिक गर्दे उपाध्यक्ष जनमाया राेकायाले सडक मानवहरुलाई मानव आश्रमकाे व्यवस्थापन, पालिकाकाे सातवटै वडामा न्यायिक समितिलाई घरेलुु हिंसा सम्बन्धित सहजकर्तालाई मेलमिलाप तालिमदेखि वडाको मेलमिलाप केन्द्रकाे कार्यकक्षमा चाहिने स्रोत साधनकाे व्यवस्थापन,उपभोक्तबाट खाजा तथा नास्ता खाने प्रथाकाे अन्त्य,सार्वजनिक सेवा प्रवाहलाई चुस्त , महिला हिंसा न्युनीकरणका लागि गाउँ,टाेलका बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन,उपाध्यक्षकाे काेषबाट सातवटै वडाका स्थानीवासिकाे स्वास्थ्य बीमा लागु , बालविवाह मुक्त घाेषणाका लागि सबै वडामा विभिन्न सचेतना सम्बन्धि कार्यक्रम संचालन,छाउपडी मुक्त घाेषणाका लागि पालिकाकाे सम्पूर्ण बस्तीहरुमा विभिन्न जनचेतनामूलक सडक नाटक कार्यक्रम संचालन,पालिकाका महिलालाई उद्यमशिलातामा जा्ड्नदेखि स्वराेजगार बनाउनका लागि आय आर्जनका लागि महिलासंग उपाध्यक्ष कार्यक्रम लागू भई संचालन भएको उपाध्यक्ष राेकायाले बताउनुभयो ।
भावी याेजना तथा रणनीतिककाे पत्रकार भेटघाटमार्फत जानकारी दिँदै उपाध्यक्ष राेकायाले भन्नुभयो ,” सामाजिक सुरक्षा भक्ता वितरणमा अशक्त,अपांगभएका र अशक्त ,जेष्ठ नागरिकको लागि बैंकसंग समन्वय गरेर घरघरमा पुगेर सामाजिक सुरक्षा भक्ता वितरण गरिने, बजेटलाई वितरणमुखि भन्दा नागरिकलाई प्रतिफल दिने गरि आगामी बर्षमा आउने नीति तथा कार्यक्रम मार्फत बजेटकाे विनियोजन, शिक्षा क्षेत्रकाे विकासका लागि आवश्यक बजेटकाे व्यवस्थापन गरि नीति तथा कार्यक्रम निर्माण तथा कार्यनयनमा विशेष जाेड, र पालिकाकाे समग्र विकासका लागि जनतासँग छलफल तथा आवश्यक समन्वय गरि ठाेस विकासका याेजना छनाैट गरिने उपाध्यक्ष राेकायाकाे भनाइ छ ।
दुई बर्षकाे अवधिमा वडा नम्बर १ ले गरेका कामको
सार्वजनिक
पालिकाकाे वडा नम्बर १ ले दुई बर्षमा गरेका विभिन्न कार्य प्रगतिकाे सार्वजनिक गर्दे वडाध्यक्ष लालसिंह ऐडीले भन्नुभयो ,” आ.ब २०७९-८०मा वडामा आएकाे कुल बजेटबाट विभिन्न ११ वटा याेजना सम्पन्न भएका छन् । आ.ब २०८०-८१ पाँचवटा याेजना सम्पन्न भएकाछन् । पाँच वटा याेजना संचालन भइरहेको वडाध्यक्ष ऐडीले जानकारी दिनुभयो ।
वडा नम्बर ३ काे दुई बर्ष अवधिमा गरेका कार्यप्रगतिकाे सार्वजनिक
माओवादी केन्द्र जुम्लाबाट निर्वाचित पातारासी गाउँपालिका-३ का वडाध्यक्ष गाेविन्द रावलले दुई बर्षकाे अवधिमा गरेका कार्यप्रगतिकाे पत्रकार भेटघाट कार्यक्रमबाट सार्वजनिक गर्दे वडाध्यक्ष रावतले भन्नुभयो ,” आ.ब २०७९-८०मा वडामा ५६ लाख बजेट आएकाे थियो । उक्त बजेटबाट विभिन्न १७ वटा याेजना निर्माण गरि संचालनमा आएका छन् । आ.ब २०८०-८१ मा वडामा ४१ लाख बजेट आएकाे थियो । साे बजेटबाट वडामा १८ वटा याेजना तथा विभिन्न परियोजना र सामाजिक जनचेतनामूलक कार्यक्रम संचालन भएको वडाध्यक्ष रावतले जानकारी दिनुभयो ।
वडा नम्बर ४ द्वारा दुई बर्षकाे कार्य विवरणकाे सार्वजनिक
पातारासी-४ मा आब २०७९-८० मा ४८ लाख बजेट विनियोजित भएको थियो । साेही बजेटकाे आधारमा २१ वटा याेजना सम्पन्न भई संचालनमा आएकाछन् । साे बजेटबाट वडामा सामाजिक, भाैतिक क्षेत्रमा विभिन्न प्रकारका कार्यक्रममा बजेट खर्च भएको वडाध्यक्ष काली बहादुर ऐडिले बताउनुभयो । आ.ब २०८०-८१ मा ४४ लाख बजेट वडामा आएकाे थियो । वडापालिकाबाट छनाैट गरि पास भएका १५ वडा याेजनाका लागि साे बजेट विनियोजन भएको वडाध्यक्ष ऐडिले जानकारी दिनुभयो ।






