जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले संचालन गरेको कक्ष ८ को परिक्षामा यहाँका १२ वटा सामुदायिक विद्यालयमध्ये चारवटा विद्यालयको परीक्षाफल निल भएको छ ।
पालिका भित्रका १२ वटा विद्यालयका करिब २७४ विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएका थियो । जम्मा ४६ जना विद्यार्थीमात्र उत्तीर्ण भएकाछन् । जसमध्ये महादेव मावि गोठिपिंगी, कालिका आवि गौंरा,जनज्योती आवि रुगा र देउती आवि भाड्गाउँका विद्यालयका कुनै पनि विद्यार्थी परीक्षामा उत्तीर्णहुन नसकेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
मालिका मावि धापामा ६४ जना विद्यार्थी परीक्षामा संलग्न भएमध्ये २५ जना उत्तीर्ण भएकाछन् । भैरव मावि नराकोटका २८ जना विद्यार्थीमध्ये चारजना विद्यार्थी उत्तीर्ण भएकाछन् ।
मावि चुल्लेगाउँका २७ जना विद्यार्थीमध्ये चारजना पास भएकाछन् । शारदा आवि गाडापानीका २२ जना विद्यार्थीमध्ये एकजना विद्यार्थी उत्तीर्ण भएकाछन् । फुटाशिला आवि धितालिहीका १० जना विद्यार्थीमध्ये ६ जना विद्यार्थी पास भएकाछन् ।
कैलाश मावि फुङग्रका ३६ जना विद्यार्थीमध्ये एकजना विद्यार्थी उत्तीर्ण,मावि जोडुका २२ जना विद्यार्थीमध्ये दुईजना उत्तीर्ण,केदारनाथ आवि बारेका ११ जना विद्यार्थीमध्ये तीनजना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले जानकारी दिनुभयो । आउँदो वैशाख १० गते ग्रेड वृद्धि परीक्षा संचालन गर्ने गाउँपालिकाले जनाएको छ ।
पालिकाले परीक्षा प्रणाली मात्र टाइट गर्नुभन्दा पहिला विद्यालयमा शिक्षकले नियमित पढाइ गरेका छन् कि छैन भनेर अनुगमन गर्नुपर्छ । आफ्ना विद्यार्थी विद्यालयमा आए नआएको बारे अभिभावकले पनि चासो दिनुपर्छ, विद्यार्थीले पनि पढाइमा रुचि राखेर पढ्नुपर्छ । विद्यालयलाई चाहिने शैक्षिक क्रियाकलापमा पालिकाले लगानी गर्नुपर्ने महादेव मावि गोठिपिंगीका प्रअ कृष्णा शाहीले बताउनुभयो ।
गाउँपालिकाले परीक्षा संचालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्र बनाएर परीक्षा संचालन गरिएको थियो । उत्तरपुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीको भनाइ छ । विजय रावत