




पूर्ण चौलागाईँ जुम्ला।
जिल्ला स्तरीय खोप तथा सरसफाइ प्रवर्द्धन कार्यक्रममा सिंजा गाउँपालिका जुम्ला सर्वोउत्कृष्ट भएको छ।त्यस्तै हिमा उत्कृष्ट भएको छ। जुम्लाको सिंजा र हिमा आ.व ०७९/८० सर्वोउत्कृष्ट र उत्कृष्ट हुन सफल भएका हुन ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले सेसन संचालन नियमित र प्रभावकारी गरेको, खोप सेसन संचालन संख्या उच्च रहेको, छुट खोप बच्चाको पहिचान गरेको र खोप पुरा गराएको संख्या, सरसफाई सेसन संचालन गरेको संख्या, उक्त वडा पूर्ण खोप घोषणा भएको, सम्बन्धित वडाको खोप सुक्ष्म योजना तयार गरेको सबै खोपको प्रगति उच्च भएको, ड्रप आउटको दर कम भएको, खोप खेर जाने दर घटाउनमा निर्वाह गरेको भूमिका, स्थानीय तह खोप समन्वय समितिले निर्धारण गरेका खोप सम्बन्धि अन्य सूचकहरुको आधारमा पुरस्कृत गरिएको बताएको छ।
प्रत्येक स्थानीय तहको १ -१ जनाको दरले उत्कृष्ट खोप कार्यकर्तालाई पुरस्कृत गर्ने । सम्बन्धित स्थानीय तह स्थित खोप समन्वय समितिले विभिन्न आधारहरुमा १ जना उत्कृष्ट खोप कार्यकर्तालाई छनौट गरि जिल्ला खोप समन्वय समितिमा सिफारिस गर्नुपर्ने र सो को आधारमा जिल्ला स्थित खोप समन्वय समितिले पुरस्कृत गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार पुरस्कृत गरिएको कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए ।
कामको उचित मूल्यांकन गरी पुरस्कृत हुनु सिंजाको लागि थप उर्जा मिलेको सिंजा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । उनले भने, ‘खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकता कार्यक्रम र आधारभूत स्वास्थ्य सेवा स्थानीय सरकारको दायित्व रही आएकोले राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य उद्देश्य, रोग निवारण, नियन्त्रण र उन्मुलनको लागि स्थानीय सरकारको भूमिका बारे जानकारी गरी अपनत्व विकास गर्नको लागि गरिएको परिकल्पना कार्यक्रममा उत्कृष्ट हुन पाउँदा खुसी लागेको छ ।’






