कुपोषित बालबालिकालाई पोषणमा सुधार ल्याउने तातोपानीको अभियान

पूर्ण चौलागाईँ, जुम्ला २४ चैत ।
कुपोषित बालबालिकालाई पोषणमा सुधार ल्याउने तातोपानी गाउँपालिका जुम्लाले अभियान थालेको छ।
उक्त गाउँपालिकाले पोषण सुरक्षा केन्द्र सञ्चालनमा ल्याई कुपोषित बालबालिका भर्ना गर्ने अभियान थालेको हो। कुपोषित बालबालिकालाई पोषणमा सुधार ल्याउने उद्देश्यले पालिकाको मुकाम लिताकोटमा पोषण सुरक्षा केन्द्र सञ्चालन गरिएको हो ।
पोषण सुरक्षा केन्द्र फागुन ७ गतेदेखि सञ्चालनमा ल्याएको केन्द्रका अध्यक्ष परिनन्द गिरीलेबताए । उनले भने पालिका भित्रका बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।
पोषण सुरक्षा केन्द्र सञ्चालनमा आएदेखि २५ जना आमासहित २५ जना बालबालिकालाई भर्ना गरेरै पोषणमा सुधार ल्याएको अध्यक्ष गिरीले बताए । उनले भने तातोपानी गाउँपालिकाको जनतासँग उपाध्यक्ष कार्यक्रमको पाँच लाख बजेट सहयोग भएको छ । खर्च व्यवस्थापनमा पहिला बच्चाको मात्रै लेखाजोखा गरेका थियौँ । बच्चासँगै आमा पनि अनिवार्य बस्नु पर्ने भएकोले खर्च व्यवस्थापनमा समस्या देखिएको छ ।
बालबालिकाको पोषणमा सुधार ल्याएको लागि नेपाल सरकार डब्लुएचओको मापदण्ड अनुसार हरेक बार, खाना चार भन्ने छ, सोही बमोजिम नै बच्चाको खानपानमा ध्यान दिनु पर्ने स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए ।


विशेषगरी बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि तातोपानी गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष रेवती रावलले बताइन् । उनले भनिन् गाउँघरमा बाल बच्चाको खानपानमा ध्यान दिने गरिएको पाइदैन । जसका कारण बालबालिकालाई कडा कुपोषण हुने गरेको छ । यस्तै समस्यालाई मध्यनजर गर्दै जनतासँग उपाध्यक्ष कार्यक्रमको पाँच लाख बजेट सहयोग गरेर पोषण सुरक्षा केन्द्र सञ्चालनमा ल्याएको हो ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार पोषण सुरक्षा केन्द्र सञ्चालनमा आएदेखि २५÷२५ जना आमा र बच्चाले सेवा लिएको देखिन्छ । पालिकाले बजेट पनि खर्च गरेको छ । अहिले सुरुवात गरेको छौँ । काम गरेपछि परिवर्तन देखिनु पर्दछ । आगामी आर्थिक वर्षमा सो सुरक्षा केन्द्रका लागि आवश्यक बजेट विनियोजन गरिने अध्यक्ष चौलागाईंले बताए।

प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...