जुम्लामा सम्पन्न रेफ्री तालिममा ४४ प्रतिशत सफल

पूर्ण चौलागाईँ,
जुम्ला । जुम्लामा भएको रेफ्री तालिममा ४४ प्रतिशत सहभागी सफल भएका छन्। कर्णाली प्रदेशका १० जिल्लाका ३६ जना सहभागीहरू मध्ये १६ जना सो तालिममा सफल भई रेफ्रीको ब्याच र प्रमाणपत्र प्राप्त गरेको जिल्ला फूटबल संघ जुम्लाका महासचिब दिपेन्द्र बिक्रम हमालले बताए। कर्णालीका प्रत्येक जिल्लाबाट ३ जना सहभागी गराइ हरेक जिल्लालाई रेफ्रीमा आत्मनिर्भर गराउने उदेश्य राखिएको महासचिब हमालको भनाई छ।
कर्णाली प्रदेशका प्रत्येक जिल्लामा रेफ्रीको अभाव भइरहने हुँदा यस तालिमले योग्य रेफ्री उत्पादन गर्नेमा महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताए।
लाइसेन्स प्राप्त रेफ्री नभएको कर्णालीमा भएको तालिमबाट ब्याज पाउने रेफ्रीले आगामी दिनमा हुने फुटबल प्रतियोगिताका लागि रेफ्रीको अभावलाई पूरा गर्ने जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले बताए।
कर्णाली खेलकुद परिषदको आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघको सहकार्य, जिल्ला खेलकुद विकास समिति जुम्लाको समन्वय तथा जुम्ला जिल्ला फुटबल संघको आयोजनामा एक साता चलेको कर्णाली प्रदेश स्तरीय रेफ्री तालिम आज सम्पन्न भएको हो।




तपाईको प्रतिक्रिया