पूर्ण चौलागाईँ जुम्ला। आज जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी ११४ औं श्रमिक महिला दिवस मनाइएको छ। ” महिलामा लगानी सभ्य: समुन्नत समाजको थालनी ” भन्ने मूल नाराका साथ सो दिवस मनाइएको हो ।
उक्त दिवसको अवसरमा जिल्लाको तातोपानी गाउपालिकाले समाज रूपान्तरणमा किशोरी समुह बिच ” महिलामा लगानी सभ्य: समुन्नत समाजको थालनी ” भन्ने विषयक वक्तृत्वकला प्रतियोगिता गरीएको थियो। प्रतियोगीतामा कृतिका गौतम प्रथम, संजिता बुढा दृत्तिय र सञ्जु डाँगी तृतीय भएकी महिला तथा बालबालिका शाखा प्रमुख शान्ति सेजुवालाले बताइन्।
साथै महिलाहिंसा तथा बालविवाह न्यूनिकरण सम्वन्धी सचेतनामूलक सडक नाटक र देउडा गीत प्रदर्शन गरिएको थियो।
” सभ्य समाज निर्माणमा किशोरीहरुको महत्वपूर्ण भूमिका रहेकोले उनीहरूको आँट र साहस बढाउन यस्ता अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्छ “पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईँले बताए।
समाजमा महिलाहिंसा विद्यमान रहेकोले हिँसा रहित समाजको निर्माणमा सबै जुट्नु पर्ने र हिँसा गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउनु पर्ने उपाध्क्ष रेवती रावलले बताइन्। दिवसको सहजिकरण किडाक नेपाल लगायतका संस्थाले गरेका थिए