पातारासी ५ मा वडाको प्रशासनिक भवन बन्ने

पूर्ण चौलागाईँ जुम्ला: जुम्लाको पातारासी गाउँपालिका वडा नं ५ मा वडाको आफ्नै प्रशासनिक भवन बन्ने भएको छ। ४० लाख लागतको १ तले ६ कोठे भवनको आज पालिका अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया र वडा अध्यक्ष दत्त वहादुर बुढाले संयुक्त सिलान्यास गरेका हुन्।

वडाको भवन बनाउनको लागि तली लोर्पाका स्थानीय रन्न बुढा, हरी वहादुर बुढा र मुन बहादुर बुढाले ८ सय ५० वर्गमिटर जग्गा निःशुल्क प्रदान गर्नु भएको अध्यक्ष पूर्णसिंह बोहोराले बताए।

वडाको प्रशासनिक भवन भनेपछि दैनिक प्रशासनिक काम गर्न सहज हुने र सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्न सकिने उपाध्यक्ष जनमाया रोकायाले बताइन्।


पानिधारा स्थानमा ६ कोठे पक्की भवन बन्नु वडाको लागि सुखद भएको र यही आर्थीक बर्षमै निर्माण कार्य सम्पन्न गरिने वडा अध्यक्ष दत्त बहादुर बुढाले बताए।

प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...