जुम्लाको पातारासी गाउँपालिका-६ बडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
मृत्यु हुनेमा पातारासी-२ का ५२ वर्षीय अमिर बोहोरा रहेको स्थानीय भक्तबहादुर बुढाले बताए।
जुम्लाको सदरमुकामबाट लासीबजार जाने क्रममा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले बताए। कर्णाली प्रदेश ००२००१त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना भएको उनले बताए।
यस्तै, घाइते हुनेमा पातारासी– ३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीया सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीया मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा छन्। घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हाम्रो कर्णाली । ३ फाल्गुन २०७९, बुधबार २२:४८