
विजय रावत जुम्ला,४ फागुन :
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ । जुम्लाका धिरज जैसिले अनेरास्ववियुको केन्द्रीय अनुशासन आयाेगकाे अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन् ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय अनुशासन आयाेगकाे अध्यक्षमा उम्मेदवारी दिएको जैसिले जानकारी दिनुभयो ।समग्रमा विद्यार्थीहरुको हक, हित र अधिकारलाई स्थापित गर्ने आवाजलाइ बुलन्द पार्नेका लागि उम्मेदवारी दिएको छु । केन्द्रीय अनुशासन आयाेगका अध्यक्ष पदका उम्मेदवार जैसिले भन्नुभयो ,”अनेरास्ववियुको गर्बिलो इतिहासको रक्षा ,सृजनशिल वर्तमान र सुनौलो भविस्य निर्माण गरि संस्कारयुक्त राजनीति नविनतम नेतृत्व निर्माणको लागि मेरो उम्मेदवारी हाे । ” देशभरीबाट प्रतिनिधित्वगरि आउने आम आदरणीय प्रतिनिधिज्युहरुले मलाई अमुल्य मतदान गरी बिजयी गराइदिनुहुन सबैलाई हार्दिक अपिल गरेको जैसिले बताउनुभयो ।
काे हुन धिरज जैसि : २०५९ सालमा अनेरास्ववियुकाे हाकु मा.वि जुम्लाको प्रारम्भिक कमिटी सचिबबाट राजनीति यात्रा सुरु गरेका जैसले २०६७ मा जिल्ला कमिटी जुम्ला को सचिब हुदै २०६८ सालमा जिल्ला कमिटी जुम्लाको अध्यक्ष भई काम गरिसकेका छन् ।
२०७१मा साविकाे अञ्चल कमिटीकाे सचिब हुदै २०७२ मा अनेरास्ववियुकाे २२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य भई कुशलता पुर्वकमा जिम्मेवारी बहन गरिसकेका छन् जैसिले । अनेरास्ववियुकाे सचिबालय हुँदै स्थायी कमिटी सदस्य भई काम गरेको अनुभव पनि छ । २०७४ सालको स्थानीय तहको निर्बाचनमा जिल्लाकाे तातोपानी गाउँपालिका-४ काे वडाध्यक्षमा भारि मतअन्तरले जैसि निर्बाचित हुनुभएको थियोे ।
मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने छ । १० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ ।




हाम्रो कर्णाली । ४ फाल्गुन २०७९, बिहीबार ११:५५