
जुम्ला ः जुम्लाको सिंजा गाउँपालिकाले पालिका भित्र उत्पादन हुने रैथाने बालीको संरक्षण र प्रवर्धन गर्ने भएको छ । पालिकाको आयोजना र उद्योग शाखाको सहजिकरणमा यही माघ २७ र २८ गते नगराकोटमा रैथाने बालीको परिकार र गुणस्तर वृद्धि सम्बन्धी चार दिने यहाँका महिला स्वास्थ स्वयंसेविका,स्थानीयवासि र सरोकारवालाहहरु लाई सो कार्यशाला गोष्ठी दिएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा रहको रैथाने बालीहरुको संरक्षण र बजार प्रवर्धन गर्नेका लागि सो चार दिने तालिमले सिंजाका स्थानीयवासिलाई रैथाने बालीको परिकार बनाउनमा निकै सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । बजारमा पाइने खानेकुरा भन्दा स्थानीय स्तरमै उत्पादनबाट बनेका विभिन्न प्रकारका परिकारका खानेकुरामा सबै ध्यानजान नससकेको अध्यक्ष धितालको भनाइ छ ।

बालवालिकाहरुको शारिरिक तथा मानसिक वृद्धिको विकासमा टेवा पुग्ने भएकाले रैथाने बालीबाट उत्पादन हुने खाद्यवस्तुलाई आफ्ना बच्चालाई खानाका रुपमा अभिभावकले सदुपयोग गर्नुपर्ने उपाध्यक्ष सितली रोकायाले बताउनुभयो ।
रैथाने बालीबाट धैरै परिकार बनाउन सकिने भएकोले यसलाई स्वाच्छा सफा बनाई खाने कुराहरुको सरफाईदेखी किचन र घर आगंनको सरफाईमा ध्यान दिनुपर्ने सिंजा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिनुभयो ।
समुदायिक र व्यक्तिगत सरफाईलाई विषेश ख्याल राखेर यहाँका नागरिकलाई स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम गरेर अघि बढ्ने स्वास्थ्य शाखाका प्रमुख रोकायाको भनाइ छ ।
उक्त चारदिने तालिमबाट फर्सिको अचार,आलु र चिउराको पुल्ड, फापरको केक, कोदोको केक, फर्सिको केक र रैथाने बालीबाट उत्पादन हुने विभिन्न परिकार तालिका सहभागीले बनाएका थियो । रैथाने बालीको संरक्षण र बजार प्रवर्धनका लागि पालिकाले कृषि विज्ञसंग सहकार्य र समन्वयको माध्यमबाट काम गरिएको सिंजा गाउँपाकिाले जनाएको छ ।




हाम्रो कर्णाली । २ फाल्गुन २०७९, मंगलवार १७:२६