पातारासीका स्थानीयले टेलिफोन सेवा सुचारुको माग गर्दै गरे प्रशासनको ध्यानाकर्षण

जुम्ला,१७ मंसिर : जुम्लाको पातारासि गाउँपालिका- २ का स्थानीयवासिले टेलिफोन सेवा सुचारु

गरिदिन भनी जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारको सुचना प्रविधिक मन्त्रालय तथा केन्द्रीय टेलिकम कार्यालयका सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

आईतबार सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई ध्यानाकर्षण पत्र बुझाउदै साे वडाका स्थानीयवासि भत्त बहादुर बुढाले उत्त वडामा निर्माण भएको टावर करिब छ वर्ष पुरा भएपनि अझैसम्म संचालन नभएकोले यहाँका स्थानीयवासि संचार विहिन हुदा सम्म स्थानीय , प्रदेश र संघीय सरकारले कुनै चासो नदेखाएकोले र पटकपटक सम्बन्धि निकायमा ध्यानाकर्षण पत्र बुझाउदा पनि समस्याको समाधान हुन नसकेकोले छिटोभन्दा छिटो टेलिकमको टावर अनुगमन गर्न र सेवा संचालन गरिदिन भनी सम्पूर्ण स्थानीयवासिले याे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो । सहायक प्रजिअ हमालले स्थानीयवासिले बुझाएको ध्यानाकर्षण पत्र संचार मन्त्रालय र टेलिकम कार्यालय जुम्लालाई पठाएको र स्थानीयवासिकाे मागलाई सम्बाेधन गर्न आफ्नाे निकाय मार्फत पहल गरिने जानकारी दिनुभयो ।

त्यस्तै छ स्थानीयवासिले बुझाएको ध्यानाकर्षण पत्र :

   




तपाईको प्रतिक्रिया