३२ औं विश्व अपाङ्गता विवस जुम्लामा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

पूर्ण चौलागाईँ जुम्ला।

मंसीर १७

३२ औं विश्व अपाङ्गता विवस जुम्लामा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ। जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, गुठीचौर, तिला र सिंजा गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको हो। विगतका वर्षमा सदरमुकाममा मात्र मनाइने गरीएको उक्त दिवस यो बर्षदेखि जिल्लाका अन्य स्थानीय तहमा पनि मनाउन थालिएको छ।

सोही दिवसको अवसरमा मंसीर १८ गते चन्दननाथ नपा वडा नं १देखि १० का अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा न्यानो कपडा वितररण गरिने भएको अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए। साथै कर्णाली माबि अनामनगरका बहिरा बालबालिका र जनता माबि महतगाउका सुस्तमनस्थितिका बालबालिकालाई न्यानो टोपी र मफलर वितरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले अपाङ्गमैत्री भवन निर्माणका लागि समन्यात्मक भूमिका खेल्ने बताए।त्यस्तै कार्यक्रमका विशेष अतिथि चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख राजु सिंह कठायतले अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकारको लागि नगरपालिकाले सक्दाे सहयाेग गर्ने बताए। हरेक बर्ष डिसेम्बर ३ मा यो दिवस मनाइने गरीएको छ।




तपाईको प्रतिक्रिया