चन्दननाथ नगरपालिकाद्धारा खलङ्गा बजारमा सिसि क्यामरा जडान गर्दै

विजय रावत

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारको मुख्य–मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सिसि क्यामरा जडान गर्ने भएको छ । सरमुकामको एयरपोर्टदेखी बिच बजार,क्याम्पस लाइन र विजयजगरमा सिसि क्यामरा जडानका लागि अहिले ३० लाखको टेन्डर आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले जानकारी दिनुभयो । सिसि क्यामराको प्रत्यक्ष निगरानी जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्ने भएको छ । नीति कार्यक्रम तथा बजेटबाट यो आर्थिक वर्षमा ३० लाखको बजेट विनियोजित गरिएको थियो । क्रमश अर्को वर्षको लागि पनि अर्को ठाउँमा सिसि क्यामरा जडानका लागि बजेट पारित गरिने प्रशासकीय अधिकृत न्यौपानले भन्नुभयो,“पछिल्लो समयमा बजारमा बढेका चोरीका घटना र शान्ति सुरक्षा कायमसगैँ अपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन सिसि क्यामरा जडान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ । ”अपराधिक क्रियाकलाप संगसंगै सडक दुर्घटना न्युनिकरणको लागि पहिलो पटकमा नगरपालिको खलङ्गा बजारका विभिन्न स्थानहरुमा सिसि क्यामरा जडान गर्ने तयारीमा नगरपालिका लागि परेको नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो । बोलपत्रको मुल्यांकनको काम अबको केही सातापछि सकिएपछि सिसि क्यामराको जडानको काम अगाडि बढ्ने नगर प्रमुख कठायतको भनाइ छ । अहिले आवश्यकता अनुसार सदरमुकाम खलङ्गा बजारका चोकमा सिसि क्यामरा जडान गरिने भएको छ । शान्ति सुरक्षा बजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको नगर उपप्रमुख रामदेवी खड्काले बताउनुभयो । बजार क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामरा जडानको काम सुरु गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...