सेयर बजार दोहोरो अंकले बढ्यो, सवा ४ अर्बको कारोबार

काठमाडौं  । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो ।मंगलबार ३३.६४ अंकले बढेको सेयर बजार १९८२.२२ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९६ कम्पनीको ९४ हजार २८५ पटक भएको कारोबारमा १ करोड २३ लाख १९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड १७ लाख ८२ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।यसदिन २०८ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको घटेको छ भने ५ वटाको सेयर मूल्य स्थिर रहेको छ ।यसअघि आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो । यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार १५.४० अंकले ओरालो लागेको १९४८.५७ विन्दुमा पुगेर बन्द भएको थियो । यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...