काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरे । उनले रातोपाटीसँग भने, ‘आज ४ बजे मन्त्रालयमा आउनु भएको थियो । भोलिको दिनदेखि स्वीकृत हुने गरी राजीनामा पत्र बुझाउनु भएको छ । थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताए । थानीले ‘स्वतन्त्र रुपमा बस्न चाहन्छु’ भनेपछि आफूले राजीनामा स्वीकृत गरेको उनको भनाइ छ । निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका हुन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।




हाम्रो कर्णाली । २६ मंसिर २०८०, मंगलवार १७:१६