
पूर्ण चौलागाईं मंसिर ९
जुम्लाको तिला गाउँपालिकामा कुरिती र लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। लैंगिक हिंसा विरूद्धको १६दिने अभियान अन्तर्गत सो नाटक प्रदर्शन गरिएको हो।
समाजमा हुने बालविबाह, बहुबिबाह, लैंगिक हिंसा, घरेलुहिंसा,जारी प्रथा, लागुऔषध दुर्व्यसनी लगायतका विषयमा स्थानीयलाई सचेतना दिने उ्देश्यले उक्त सचेतनामूलक नाटक प्रदर्शन गरिएको तिला गाउँपालिका उपाध्यक्ष गोरिकला बुढाले बताइन्। सो नाटक तिलाका ९वटा माध्यामिक विद्यालय र मावि नभएका २ वटा गाउँमा प्रदर्शन गरिने भएको उपाध्यक्ष बुढालको भनाई छ।
तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमा कडेंलले समाजमा हुने गरेका कुरीति र कुसंस्कारलाई नाटकको माध्यमद्रारा स्थानीयलाई सचेत बनाउने ठूलो अस्त्र भएको बताइन्।

नाटक तिला गाउँपालिकाको जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग र भेरिखोला मीडिया प्रालि र कर्णालि कला केन्द्रले सहजिकरण गरेका छन्।




हाम्रो कर्णाली । ९ मंसिर २०८०, शनिबार १९:४०