
पूर्ण चौलागाईं जुम्ला।
जुम्लामै बुञ्चारो हानिकन एक जुनी सइनीन मार्या छुन।
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर -३ ओखरपाटा बइन्या झुन्ड ई ३५ वर्षकि अमृता बुढा मारीया कुडा जिल्ला प्रहरी अड्डा जुम्ला सूचना दिन्या माण्ठ उमेश चन्दले भुन्या छुन ।
ताई गाउ बइन्या श्यामबहादुर बुढाले आज दिउस १२ वज्या बुञ्चरो हानिकन मार्या कुडा जिल्ला प्रहरी अड्डा जुम्ला सूचना दिन्या माण्ठ चन्दले जुनेश दिया छुन ।




हाम्रो कर्णाली । ८ मंसिर २०८०, शुक्रबार १७:२६