कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्राधिकरण लागि परेको छ : कार्यकारी निर्देशक घिसिङ 

विजय रावत जुम्ला।

जुम्ला,१३मंसिर :  जुम्ला लगायत माथिल्लो कर्णालीका पाँच वटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत प्राधिकरण लागि परेको छ।  प्राधिकरणकाे आयाेजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट – जुम्ला १३२ केभी  प्रशारण लाइन तथा जुम्ला १३२ केभी सबस्टेशन निर्माण र जुम्ला तथा आसपासका जिल्लाहरुमा विद्युतीकरण विस्तार सम्बन्धमा छलफल कार्यक्रममा बाेल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुम्लामा राष्ट्रिय प्रसारण लाइनकाे विस्तार भई सकेको छ । अब नियमित रुपमा विद्युत सेवा प्रवाह गर्न अति आवश्यक रहेको छ । यहाँको विद्युत क्षेत्रमा भइरहेका गतिविधि बारे जानकारी लिन जुम्ला पुगेको छु । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ,” जुम्लासम्म थप १३२ केभी प्रशारण लाइन विस्तार गर्न प्राधिकरण रातदिन लागि परेको छ। यहाँका उपभोक्ताले केही बर्षपछि ढुक्कसँग विद्युत बाल्ने भएका छन् ।” हाल निर्माणधिन सुर्खेत -दैलेख १३२ केभी प्रशारण लाइनको काम हुदै  गरेको कार्यकारी निर्देशक  घिसिङले बताउनुभयो  ।  जुम्लामा सबस्टेशन निर्माण हुने ठाउँ तथा सबस्टेशनसंग जाेडिने लाइनहरु र  प्रशारण लाइन तथा सबस्टेशन निर्माण गर्नुको उदेश्य र महत्त्वबारे कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । जुम्लाका संघीय सांसद ज्ञानबहादुर शाहीले जुम्लाको विद्युत विस्तार लाई दिर्घकालिन समयसम्म निर्माण गर्नु प्राधिकरण गम्भीरतापूर्वक भएर काम गर्ने जरुरी रहेको बताउनुभयो । हाल राष्ट्रिय प्रसमरण लाइन जिल्लामा पुगेको छ । उपभोक्तालाई सहज सेवा दिन सकेको छैन । राम्रोसँग विद्युत प्रवाह हुन सकेको छ। अब छिटोभन्दा छिटो जुम्लासम्म १३२ केभी प्रशारणलाईकाे विस्तार कार्य अगाडि बढाउन प्राधिकरणलाई ध्यानाकर्षण गरेको सांसद शाहीको भनाइ छ । कर्णालीमा उर्जा क्षेत्रमा लगानी गर्ने  निजी क्षेत्र देखि विभिन्न दातृ निकायलाई सांसद शाहीले अनुरोध गर्नुभयो । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्याले नाममात्रको विद्युत भएकोले नियमित  रुपमा विद्युत सेवा प्राधिकरणले दिन नसकेको बताउनुभयो ।  जुम्लाका आठवटै स्थानीय तहका गाउँ गाउँसम्म राष्ट्रिय प्रशारण लाइन अझैसम्म पुग्ने नसकेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतकाे भनाइ छ ।  प्राधिकरणकाे केन्द्रीय कार्यालयकाे टीमसंग वैकल्पिक उर्जा केन्द्र र एसियाली विकास बैंकका प्रतिनिधिहरुले जुम्लाको उर्जा क्षेत्रमा लगानी र सम्भावना बारे यहाँका सराेकारवालासंग छलफल गरेका थियो ।




तपाईको प्रतिक्रिया