अमृत स्मृती खुल्ला पुरुष फुटबलको उपाधि जनसेवालाई

पूर्ण चौलागाईँ जुम्ला।

प्रथम अमृत स्मृती खुल्ला पुरुष फुटबलको उपाधि जनसेवा यूवा क्लवले हात पारेको छ। अाज भएकाे फाइनल खेलमा जनसेवाले आयोजक लेकाली यूवालाई हराउँदै उपाधि हात पार्न सफल भएको हो ।

खेल अवधीभर दुबै टिमले गोल गर्न नसकेपछि खेल पेलान्टी सुट आउटमा गएको थियो। पेलान्टी सुट आउटमा जनसेवाले लेकालीलाई हराएको थियो। प्रथम हुने जनसेवाले ८५ हजार राशी, मेडल ,कप र प्रमाणपत्र प्राप्त गरेको छ। लेकाली युवा क्लबले उपविजेतामा चित्त बुझाएको छ। उपविजेता लेकालीले ३५ हजार राशी, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ

विगतमा जुम्लामा हुने फुटबल खेल धादली हुने गरेकोमा यतिबेलाको खेल शान्तिपूर्ण ढंगले सम्पन्न भएको आयोजक लेकालीले बताएको छ।

उक्त खेलमा जुम्ला जिल्लाका १८ वटा क्लबले भाग लिएका थिए।




तपाईको प्रतिक्रिया