अझै खुलेन पत्रकार महासंघ जुम्लाको ताला

पूर्ण चौलागाईँ जुम्ला ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लामा लगाइएको ताला महिना दिन पुगिसक्दा पनि अझै खुलेको छैन। प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले गत असोज २८ गते सदस्यता शुद्धिकरणको माग गर्दै ताला लगाएको हो।

प्रेस चौतारीले राखेको जायज मागको पूरा नगरेसम्म लगाइएको ताला नखोलिने प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाका अध्यक्ष नौरते नेपालीले बताए। यसभन्दा पहिला महासंघ र प्रेस चौतारी वार्तामा बसेको र सहमति हुन नसकेपछि लगाईएको ताला नखोलिएको अध्यक्ष नेपालीको भनाई छ।

यता पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र वहादुर शाहीले अब केही दिनमा दुई पक्ष बीच सहमति गरी महासंघमा लगाईएको ताला खोल्नेमा पहल चाल्ने बताए।




तपाईको प्रतिक्रिया