
पूर्ण चौलागाईँ
जुम्ला,४ मंसिर : नेपाल पत्रकार महासंघ शाखा जुम्लामा लगाइएको ताला बारे हाम्रो कर्णाली अनलाइन जुम्लाले प्रकाशित गरेको समाचारकाे प्रभावले नेपाल पत्रकार महासंघ शाखा जुम्लामा लगाएको ताला साेमबार खुलेको छ। प्रेस चौतारी नेपाल शाखा जुम्लाले गत असोज २८ गते सदस्यता शुद्धिकरणको माग गर्दै ताला लगाएको थियो । पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही र प्रेस चौतारी जुम्लाका अध्यक्ष नैरेती नेपालीकाे हस्ताक्षरित संयुक्त रुपमा निकालिएको विज्ञप्तिमा भन्नुभएको छ ” प्रेस चौतारीले राखेका मागहरु पुरा गर्नेका लागि केन्द्रमा पठाउने र महासंघको लगाएको ताला खाेल्ने, आगामी दिनहरूमा जुम्लाको पत्रकारीता क्षेत्रलाई साझा रुपमा अगाडि बढाउनेदेखि सहकार्य समन्वयको रुपमा काम गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तो छ सम्झौता भएको विज्ञप्ति :





हाम्रो कर्णाली । ४ मंसिर २०८०, सोमबार १८:००