
पूर्ण चौलागाईं जुम्ला ।
खुट्टाले खेल्न्या भकुन्डो खेल चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले झीत्या छ। कात्तिकका मुइना १२ गत्यादै सुरु भया त्यै खेल आज निठीया छ ।
चन्दननाथ नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ३ ले खेल खेल्या छिया । वडा नम्बर ३ ले वडा नम्बर ४ न हराइकन झित्या छ। वडा नम्बर ३ ले २ गोल गरीकन झित्या छ भुन्या वडा नम्बर ४ ले हार्या छ। वडा नम्बर ४ ले गोल हान्न सक्या छियोन । खेलमै पाइलो हुन्या ले १ लाख रूपियाँ र कप इनाम पाया छ भुन्या दोर्सो हुन्याले ५१ हजार १ सय ११ रुपियाँ र कप इनाम पाया छुन।

खेलमै जुम्ला जिल्ला भरिका ३० सुमुहले खेल खेल्याया छिया।




हाम्रो कर्णाली । २३ कार्तिक २०८०, बिहीबार १४:४६