
पूर्ण चौलागाईँ जुम्ला।
भूकम्प सुरक्षा सम्बन्धी सचेतनामुलक नाटक चन्दननाथ नगरपालिका वडा नं २ भण्डारीबाडामा प्रदर्शन गरिएको छ। नेकपा माओवादी केन्द्र चना २ को आयोजनामा सो नाटक प्रदर्शन गरिएको हो।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत भूकम्प सुरक्षा सम्वन्धी जनतालाई सुसूचित गराउने हेतुले उक्त सचेतनामुलक नाटक प्रदर्शन गरिएको नेकपा माओवादी केन्द्र चना २ का इन्चार्ज सुरेश भण्डारीले बताए। साथै स्थानीय कलाकाहरुले परम्परा झल्किने हुड्के नाच प्रदर्शन गरेका थिए। उक्त कार्यक्रममा नेकपा माओवादी पार्टीलाई योगदान पुर्याउने जनप्रतिनिधिलाई सम्मानपत्रले सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र चन्दननाथ नगरपालिका जुम्लाका इन्चार्ज बिर्ख बहादुर थापाले पार्टिलाई बलियो बनाउन जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए।




हाम्रो कर्णाली । ३० कार्तिक २०८०, बिहीबार १९:३०