
पूर्ण चौलागाईँ जुम्ला ।
हिमा गाउँपालिका जुम्लाको अब आफ्नै प्रशासनिक भवन बन्ने पक्का भएको छ। ३९ सय वर्गमिटर जग्गा निशुल्क प्राप्त भएपछि सो गाउँपालिकाको प्रशासनिक भवन बनाउने बाटो खुलेको हो ।
हिमा गाउँपालिका वडा नं ५ निवासी दान बहादुर शाहीले ३ हजार १ सय वर्गमिटर र सोही वडा निवासी दलबीर शाहीले ८ सय वर्गमिटर जग्गा निशुल्क दान गरेको हीमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए। शाही निर्वाचित भए पश्चात निरन्तर लामो समयको प्रयासपछि आज जग्गा गाउँपालिकाको नाममा पास गर्न सफल भएको अध्यक्ष शाहीले बताए।






हाम्रो कर्णाली । २१ कार्तिक २०८०, मंगलवार १८:५३