पूर्ण चौलागाईं जुम्ला।
जाजरकाेट र रुकुम पश्चिमका भुकम्प पिडितलाई जुम्लाकाे पातारासी गाउँपालिकाले ५ लाख सहयाेग गर्ने भएकाे छ । साथै सिंजा गाउँपालिका जुम्लाले पनि १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। दुवै गापाले कार्यपालिकाको बैठक बसाली भुकम्प पछि भत्किएका संरचनाकाे पुर्ननिर्माण,पिडितकाे राहत उद्दार तथा पुर्नस्थापनाका लागि सो आर्थिक सहयाेग गर्न लागिएको पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहराले बताए ।
त्यस्तै नेपाल सरकारको विपत व्यवस्थापन कोषबाट तत्काल भूकम्प पीडतहरूलाई थोरै भए पनि १ लाख रुपैयाँ सहयोग गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको सिंजा गाउँपालिकामा अध्यक्ष पूर्ण प्रसाद धितालले बताए।
एउटै निकायले गरेर मात्र सम्भव नहुने भएकाेले सबै पक्ष ले समन्वय र सहकार्य गर्नु जरूरी रहेको पातारासि गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् l
गत शुक्रबार राती गएकाे जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु बनाएर गएकाे ६.४ म्याग्नेच्युटकाे भुकम्पले जाजरकाेट र रुकुम पश्चिममा गरि १ सय ५७ जनाकाे मृत्यु भएकाे छ । भने करिब २ सय जना घाईते भएका छन् । जाजरकाेट र रुकुम पश्चिममा राहात, उद्दार र पुर्नस्थापनाकाे कार्य जारी रहेकाे छ ।यसैबीच विभिन्न निकायहरु मार्फत पिडितकाे राहत उद्दारका लागि सहयाेग रकम घाेषाणा हुने क्रम पनि जारी छ ।







हाम्रो कर्णाली । २० कार्तिक २०८०, सोमबार १४:४४