उद्धार, राहत र पुनः निर्माणमा जुट्न माओवादी जुम्लाको आग्रह

पूर्ण चौलागाईं जुम्ला।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाका संयोजक वीरबहादुर कुवरले भूकम्पपछिको उद्धार, राहत र पुननिर्माण र पुनःस्थापनामा आ–आफ्नो तर्फ बाट जुट्न आग्रह गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै संयोजक कुवरले भुकम्पबाट जाजरकोट र रुकुम पश्चिमका जिल्लामा भएको ठुलो मानवीय क्षतीप्रति नेकपा (माओवादी केन्द्र) जुम्ला मर्माहित भएको छ । उद्धार र राहत कार्यमा तत्काल अग्रसर भएर काम गर्ने स्थानीय तह,प्रदेश र संघ सरकारसंग आग्रह गर्दछ विज्ञप्तीमा भनिएको छ ।

सरकारका सबै निकायहरुलाई उद्धार, राहत र पुननिर्माणमा लाग्न अनुरोध गरिएको छ। उद्धार, राहत र पुननिर्माणमा आ–आफ्नो स्थान र क्षमता अनुसार सहभागी हुन राजनीतिक दल,सामाजिक संघसंस्था र स्वदेश तथा विदेशमा रहने सम्पुर्ण नेपाली नागरिकसंग सहयोगका लागि पार्टी विनम्रता पूर्वक आग्रह गर्दछ । प्राकृति विपद्मा सवैको सकारात्मक सहयोग र सहकार्यको अपेक्षा राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शुक्रबार राति जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट, रुकुम पश्चिमल गायतको जिल्ला धनजनको क्षति भएको छ । नेकपा माओवादी जुम्लाले उक्त भूकम्पमा परेर ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।




तपाईको प्रतिक्रिया