भूकम्प प्रभावित क्षेत्रमा ताताेपानी गाउँपालिकाले दश लाख सहयोग गर्ने

पूर्ण चौलागाईं जुम्ला।

भूकम्प प्रभावित क्षेत्रमा जुम्लाको ताताेपानी गाउँपालिकाले दश लाख रुपैयाँ आर्धिक सहयोग गर्ने भएको छ। भूकम्प प्रभावित क्षेत्रमा उद्धार, उपचार र पुनर्निर्माणमा सहायोगको लागी नेपाल सरकारको राहत कोषबाट आर्थिक सहयोग गर्ने निणर्य गरेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए।

कार्तिक 17 गते राति गएको 6.4 रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम जिल्लामा बढि क्षेत्रमा पुगेको छ।

तपाईको प्रतिक्रिया