
पूर्ण चौलागाई जुम्ला।
बेली छुन्छरा बारा रात अटाे लोत्यापछि दुई जुना मर्या छुन् भुन्या एक जुना घाइत्या भया छुन।
हिमा गाउँपालिका वडा नम्बर १ नागम बजारदै दियारगाउँ जान लाग्या भे १ ह ३९९७ नम्बरकाे अटाे बड्की गाउँ नुजिकै अटो लोट्यापछि हिमा गाउँपालिका वडा नम्बर -१ बाइन्या अन्दाजी वर्ष ४५ अटो चलाउन्या माण्ठ पदम शाही र त्यै वडा बाईन्या अन्दाजी वर्ष ४२ का अटो चड्या माण्ठ बलि राेकाया मर्या कुडा जुम्लाका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रल्हाद कार्कीले जुनेस दिया छुन ।
ताई वाइन्या अक्का माण्ठ नन्द राेकाया माइम्मरी घाइत्या भया छुन।
अटो लोत्या जुनेस् पायापछि घाईतेकाे ओक्तो गन्ना निम्ति पालिकाकाले एम्बुलेन्स पठाया कुडा सिञ्जा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले भुन्या छुन । अटो 5 सय मिटर तल खोलाउनो पड्या छ।




हाम्रो कर्णाली । १९ कार्तिक २०८०, आईतवार ११:२४