भूकम्प प्रभावित क्षेत्रमा मृत्यु हुनेको संख्या 157 पुग्यो, 189 जना घाइते

पूर्ण चौलागाई जुम्ला।

गए राति गएको भूकम्पमा परी 157 जनाले ज्यान गुमाएका छन्। भने घाइते हुनेको संख्या 189 पुगेको छ।

जाजरकोटमा 72 जना महिला र 33 पुरुष गरी जम्मा 105 जनाले भूकम्पमा परी ज्यान गुमाएका छन्। त्यस्तै रुकुम पश्चिममा 27 महिला र 25 पुरुष गरी जम्मा 52 जनाले ज्यान गुमाए। जाजरकोटमा 102 , रुकुम पश्चिममा 78, जुम्लामा 5, दैलेख 2 र सल्यानमा 2 जना गरी 189 जना घाइते भएका छन्।




तपाईको प्रतिक्रिया