
पूर्ण चौलागाईं जुम्ला।
मार्क्र्क्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश अध्यक्षमा जयशंकर धिताल पुन निर्वाचित हुनु भएको छ ।
माक्र्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश स्तरीय भर्चुअल भेलाले जुम्लाका धिताललाई अध्यक्षमा निर्वाचित गरेको हो । साथै उक्त भेलाबाट उपाध्यक्षमा शैलजा बम(कालिकोटं), सचिव रविकिरण ओली सल्यान, कोषाध्यक्षमा प्रताप रोकाया (डोल्पा) सर्वसम्मत निर्वाचित भएका माक्र्सवादी ज्ञानकेन्द्रका केन्द्रीय सचिव रेशम कुमार अधिकारीले जानकारी दिए ।
धितालको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरिएको हो।
नवनिर्वाचित अध्यक्ष धितालले पहिला संयोजकको भुमिका कुसलतापुर्वक निर्वाह गरेको कारण आफ्नो सहि मुल्यांकन गरि अध्यक्षमा निर्वाचित भएकोमा यस ज्ञान केन्द्रलाई अझ थप उचाइमा पुर्याउने बताए ।
मार्क्सवादी ज्ञानकेन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेनाको प्रमुख आथित्यितामा सो भेला सम्पन्न भएको थियोे ।
मार्क्सवादी ज्ञानकेन्द्रले २०७७ साल फागुन १९ गते काठमाण्डौ जिल्ला अदालतमा दर्ता भई काम गर्दै आएको छ । ज्ञानकेन्द्रले दर्शन, राजनतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, कम्यूनिष्ट आन्दोलनको विश्व र नेपालको ईतिहास, विज्ञान र माक्र्सवाद लगायतका विधामा आधारित कक्षाहरु भौतिक रुपमा तथा अनलाईबाट कक्षा पनि निरन्तर सञ्चालन गर्दै आएको छ ।

हाम्रो कर्णाली । ९ कार्तिक २०८०, बिहीबार २२:२६