
पूर्ण चौलागाईं जुम्ला।
तिला गाउँपालिका वडा नम्बर ३ मा बन्दै गरेको १० शैयाकाे अस्पतालकाे विषयमा तथ्यहीन भिडियाे सामग्री प्रसारण गरेका नन्दराज उपाध्यायले माफी मागेका छन् ।
उपाध्यायले बिहीबार आफ्नाे फेसबुक पेज खबर बुलेटिन टिभीमा एक भिडियो बनाउँदै आफूले अस्पतालकाे विषयमा तथानाम बाेली बिना आधारमा भिडियो बनाएकाे भन्दै सम्बन्धित पक्षसँग माफी मागेका हुन् ।
उनले भनेका छन्,`सामाजिक अभियान्ताकाे नाताले म नन्दराज उपाध्यायले उपमेयर रामदेवी खड्का, उहाँका श्रीमान् चन्द्र खड्कालाई तथानाम बाेली विना आधार भिडियो बनाएकाे हुँदा मलाई साह्रै आत्मगलानी भएकाे छ। म उहाँकाे समग्र परिवारप्रति विनम्रतापूर्वक माफी माग्न चाहन्छु।´
यस्तै उनले तिला गाउँपालिकाका अध्यक्ष माेतीलाल राेकाया, निवर्तमान अध्यक्ष रतननाथ याेगी, साइड हेरिरहेका प्राविधिक धनप्रसाद चाैलागाईं सबैले स्थानीयले जग्गा नदिएका कारण १० शैयाकाे अस्पताल बन्न नसकेकाे बताउनु भएकाे उनले बताएका छन् ।

निर्माणकाे जिम्मा लिएका ठेकेदार जीवन राेकायाले जग्गा विवाद सल्टिने बित्तिकै काम सकाउने वचन दिएकाे उक्त सामग्रीमा उल्लेख गरेका छन् । उनी थप भनेका छन्,`म उहाँसँग पनि हात जाेडेर माफी माग्न चाहन्छु। मैले फैलाएकाे भ्रमप्रति सजग भएर आगामी दिनमा गहिराइमा पुगेर मात्रै बाेल्ने वचन दिलाउन चाहन्छु।
´




हाम्रो कर्णाली । ९ कार्तिक २०८०, बिहीबार १५:३१